दोलखाबाट आएको बसले स्कुटरलाई ठक्कर दिँदा मन्थली अस्पतालकी स्वास्थ्यकर्मी श्रेष्ठ गम्भीर घाइते

| मंसिर १७, २०८० आइतबार

A A A
A A A

१७ मंसिर, रामेछाप । दोलखाको जिरीबाट (एनसीसी) नेपाली सेनाको टोली बोकेर आएको रिर्जव बसले ठक्कर दिँदा मन्थली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् । 

 

दोलखाको जिरी नगरपालिका ९ बाट कालिका माद्यामिक विद्यालयका (एनसीसी) को टोली बोकेर आएको अरनिको बसले करमबोटमा ठक्कर दिँदा मन्थली नगरपालिका वडा नं ४ सालुकी ४९ वर्षीय मिरा श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रमुख दिपक चौलागाईले रामेछाप टाइम्सलाई बताए । 

 

खिम्ती तर्फबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २१९४ नम्बरको अरनिको बसले विपरीत दिशाबाट जाँदै गरेको ७६ प २५२२ नम्बरको स्कुटरमा सवार स्वास्थ्यकर्मी श्रेष्ठलाई ठक्कर दिएको हो । 

 

ठक्करबाट स्वास्थ्यकर्मी श्रेष्ठको दाइँहीने खुट्टामा चोट लागेको छ । भने, पाखुराको हड्डी भाँचिएको बताइएको छ । उनलाई थप उपचारको लागि काठमाडौँको ट्रमा सेन्टर रेफर गरिएको छ ।

 

बसलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मन्थलीमा राखिएको छ । घटना बारे अनुसन्धान भइरहेको जिप्रका सूचना अधिकारी रञ्जन गिरीले रामेछाप टाइम्सलाई बताए । 

 

भिडिओ पनि हेर्नहोस् ।