मन्थली आकाशेमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा २ जान घाइते

| मंसिर १९, २०८० मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१९ मंसिर, रामेछाप । रामेछापको मन्थली वडा नं १ आकाशे स्थित पुलमा मोटरसाइकलले एक बालकलाई ठक्कर दिएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् । 

 

मङ्गलवार आज अन्दाजी साँझ ५ ः ३० बजे नगरपालिकाको वडा नं ८ चिसापानीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ०४६ च ३५१६ नम्बरको एनएस् मोटरसाइकलले मन्थली १ काा भीमे माझीका १२ वर्षीय छोरालाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रमुख दीपक चौलागाईले रामेछाप टाइम्सलाई बताए ।

 

‘ओभर स्पिडमा आएको बाइकले रङ साइडबाट आएर झन्डै ८५ फिट जति बालकलाई धसारेछ, प्रमुखले थपे ‘बालकलाई सामान्य चोट लागेकाले मन्थली अस्पताल पठाएकाछौं, चालकलाई बढी चोट लागेको छ ।’

 

ट्राफिक प्रमुख चौलागाईका अनुसार मोटरसाइकल चालकलाई पनि चोट लागेको हो । अहिले घाइतेलाई अस्पताल पठाएर मोटरसाइकललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।