वृहत् रामेछाप महोत्सव आज सकिँदै, १० दिनमा ५० हजार बढीले अवलोकन गरे

| माघ ७, २०८० आइतबार

A A A
A A A

७ माघ, रामेछाप । गएको पसु २६ गते बिहीबार बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कटेल्ले उद्घाटन गरी सुरु भएको ‘वृहत् रामेछाप महोत्सव’ आज आइतबार सकिँदै छ । शनिबार साँझ दर्शको भीड लागेको थियो । गायक प्रकाश कटुवाल, मोडल सन्ध्या सानु घताने सहितको उपस्थितिमा भएको मनोरञ्जानात्मक प्रस्तुति हेर्न गाउँ-गाउँबाट भीड लागेको हो । 

 

संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रदेश सांसदहरू, पूर्व प्रदेश सांसद एवं मन्त्रीहरू, जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिहरू सहितको उपस्थितिमा दिउँसो १ बजेदेखि सुरु हुने समापन कार्यक्रममा अपरान्ह्व ४ बजे सम्म समापन गर्ने गरिने छ । त्यसपछि सांस्कृतिक कार्यक्रम सुरु हुने आयोजक रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

‘४ बजे सकेर सांस्कृतिक कार्यक्रम सुरु हुन्छ, समापनको सबै तयारी पूरा भइसक्यो’ प्रस्ट पार्दै महासचिव श्रेष्ठले भने । आइतबार सांस्कृतिक प्रस्तुति दिनको लागि लोक दोहोरी क्षेत्रमा चर्चित कलाकार खेम सेन्चुरी र अमृत खाती आउँदै छन् । 

११ दिन सम्म सञ्चालित वृहत् महोत्सवमा शनिवार सम्म आयोजकको अपेक्षा अनुसार ५० हजार भन्दा बढीले अवलोकन गरेका छन् । भने, व्यापार व्यवसाय पनि उल्लेख्य मात्रमा भएको आयोजक दाबी छ । 

 

यद्दयपी व्यापारीहरूले भने सोचेको जस्तो बिक्री हुन नसकेको गुनासो गरेका छन् । 

 

मूल्य बजारको भन्दा मंहगो हुन र अन्य जिल्लाबाट आएका व्यवसायीले यहाँ खपत हुने भन्दा बाहेकका सामाग्री राख्दा बिक्री हुन नसकेको आयोजकको दाबी छ । ‘यहाँको मौसम अन्य जिल्लाको भन्दा अलि फरक छ । जाडोको सामान धेरै बाक्लो कपडाहरू ल्याउनु भएको छ । यहाँ त, केही दिन पछि गर्मी लाग्छ, त्यसैले बिक्री हुन अलि गाह्रो परेको छ । तर, अन्तिममा आएर राम्रो बिक्री छ’, प्रस्ट्याउँदै महासचिव श्रेष्ठले भने ।

 

जिल्ला भित्र उत्पादित कृषि, हस्तकला, परम्परागत र बजार नपाएर खेर गइरहेका सामाग्रीलाई बजारीकरण र प्रचारप्रसार गर्ने मूल उद्देश्यका आयोजना गरिएको महोत्सवमा गाउँ–गाउँमा खेर गइरहेका उत्पादित किवी, आलु, सुन्तला, जुनार, आलुका परिकार, हस्तकलाका सामाग्रीहरू, चोयाबाट बुनेका उपयोगी तथा सजावटका सामाग्रीहरू, चिया, जाती विशेष सामाग्रीहरू, ढाकाका कपडा, गलैँचा, राडी जस्ता स्थानीय उत्पादनलाई प्राथमिकता दिएर निःशुल्क स्टल उपलब्ध गराइएको थियो । 

 

स्थानीय तहमा उत्पादित कृषि उपजहरू उल्लेख्य मात्रमा खरिद् बिक्री भएको छ । तर, बहुराष्ट्रिय कम्पनीहरूबाट आएका कपडा,  खाध्यन्न जस्ता बजारीकरणका सामाग्री केही कम भए पनि राम्रो व्यापार भएको आयोजक रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीनकुमार थापा मगरले बताए । 

 

५ हजार देखि ३५ हजार सम्म भाडा तोकिएको स्टलहरू २५ हजार सम्म भाडामा लागेका छन् । १४० वटा स्टल निर्माण गरिएको थियो । कृषि उपज राखिएका स्टल निःशुल्क प्रदान गरिएको छ । 

 

त्यस्तै रामेछाप उद्योग वाणिज्य संघका सदस्यहरूलाई १० प्रतिशत छुट् दिइएको थियो । ‘होटेल व्यवसायीहरू सबै भन्दा खुसी उहाँहरूको एकदमै राम्रो व्यवसाय भएको प्रतिक्रिया छ’, महासचिव श्रेष्ठले सुनाए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));