वृहत् रामेछाप महोत्सव : चर्चामा ‘रिल्दुक’, व्यापारी भन्छ ‘खुसी छु’

| माघ ८, २०८० सोमबार

A A A
A A A

८ माघ, रामेछाप । ११ दिन सम्म सञ्चालन भएको ‘वृहत् रामेछाप महोत्सव’मा सांसद, नेता, बुद्धिजीवी, अग्रजहरू सबैको रोजाइमा परेको आलुको मःम अर्थात् ‘रिल्दुक’ को व्यापार राम्रो भएको छ । विशेष गरी उच्च हिमाली भेगको चोसोमा निकै स्वादिष्ट र मिठासका साथ खाइने स्थानीय यो परिकार वृहत् महोत्सवमा उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरका हिरा श्रेष्ठ र चन्द्र श्रेष्ठले स्टल नं ७६ मा  संयुक्त रूपमा आयोजक रामेछाप उद्योग वाणिज्य संघले निःशुल्क रूपमा उपलब्ध गराएको स्टलमा राखे थिए । 

रिल्दुक खानेहरु । तस्बिर स्रोत बिपिन भट्टराई ।

उसिनेको आलुलाई ढिकीमा कुटेर हल्का पिठो मिसाएर मुछ्ने र राम्रोसँग स–साना डल्ला बनाएर उच्च हिमाली क्षेत्रमा फल्ने एर्मा (टिमुर) को सहितको नुन खोर्सानीको तातो, पिरो सुपमा एकैछिन उमालेर खाइने यो तात्तो र पिरो परिकारलाई महोत्सवमा सबैले निकै स्वादिष्ट मानेर खाए । कतिपयले भने यो नयाँ स्वाद चाख्नलाई खाए । तर, खासै यसको स्वाद पाउन सकेनन् । 

 

जे, होस् ‘रिल्दुक’ को स्वाद चाख्नेहरूले सामाजिक सञ्जालमा समेत आलुको मःम भनेर सबैलाई देखाउन सम्म भए । चिसोमा तातो पिरो खान रुचाउनेहरूले भने रिल्दुक निकै रुचाए । अन्य परिकार भन्दा बनाउन निकै समय लाग्ने अझ भन्दा गाह्रो यो हुने यो परिकार आफूले रु १०० मा झण्डै करिब ३५ हजार बराबरको बिक्री गरेको हिराले बताए  । 

‘रिल्दुक’ र फाल्की खान बसेकहरु । तस्बिर बिपिन भट्टराई ।

उमाकुण्डको स्थानीय परिकारलाई नै महोत्सवमा व्यापार बनाएका उनीहरूले सेतो सिमी सहित अन्य गेडागुडी र हरियो  मकैलाई उसिनेर, सुकाएर राखेर राम्रोसँग गलाएको ‘फाल्कि’ मकै समेत सबैलाई चखाए । 

 

ढिकीमा आलु, मकै कुट्दै महोत्सवलाई थप रौनकता दिएका उनीहरूले आफूहरूको व्यापार रामै भएको सुनाएका हुन् । गुप्तेश्वर देखि मन्थली झरेका उनीहरू ‘रिल्दुक’ र फाल्की बेचेरै खुसी देखिन्छन् । 

 

गाउँ घरमा हिउँ, पानी परेर असाध्यै जाडो भएको बेलामा खाइने यो परिकार सबैले रुचाएको देख्दा यसैलाई व्यवसाय बनाउन सकिने सम्मको सम्भावना देखिएको उनीहरूको बुझाइ छ ।  

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));