५५ हजार भन्दा बढीले अवलोकन गर्दै भव्य रूपमा सम्पन्न भयो ‘वृहत् रामेछाप महोत्सव’

| माघ ८, २०८० सोमबार

A A A
A A A

८ माघ, रामेछाप । गएको पुस २६ गते बिहीबार देखि सुरु भएको ‘वृहत् रामेछाप महोत्सव’ ५५ हजार भन्दा बढी दर्शकले अवलोकन गर्दै भव्य रूपमा सम्पन्न भएको छ । कोरोना महामारी, चर्को मूल्य वृद्धि, आर्थिक मन्दी लगायत विभिन्न कारण सुस्ताएको जिल्ला भित्रको व्यापार व्यवसायलाई चलायमान बनाउन रामेछाप उद्योग वाणिज्य सङ्घको  आयोजनामा आइतबार ११ दिन सम्म सञ्चालित यो महोत्सवमा उल्लेख्य रूपमा आर्थिक कारोबार भएको आयोजकको दाबी छ । 

 

जिल्लाका आठ वटै स्थानीय तहमा खेर गइरहेको कृषि उपजहरू, हस्तकलाका सामाग्री, परम्परागत विभिन्न परिकार र बजार नपाएर खेर गइरहेका सामाग्रीलाई बजारीकरण र प्रचारप्रसार गर्ने मूल उद्देश्यका आयोजना गरिएको महोत्सवमा उद्देश्य अनुरूप खरिद् बिक्री भएको आयोजक मूल समारोह समितिका संयोजक केशव घिमिरेले समापन समारोहमा उद्घोष गरे । सुरु सुरुमा केही व्यापार कम भएको स्वीकार गर्दै  अन्तिममा आएर सन्तोष जनक व्यापार भएको बताएका हुन् । 

 

यस बारेमा थप जानकारी पत्रकार सम्मेलन मार्फत दिने संघका निवर्तमान अध्यक्ष केशव घिमिरेले बताए । ‘कारोबार के कति भन्ने विषयमा पत्रकार सम्मेलन मार्फत केही दिनमा सबै भन्छौँ ।’

 

कुनै पनि कार्यक्रम गर्दा १०० प्रतिशत सफलता नहुने तर्क गर्दै भएका गल्तीहरूबाट पाठ सिकेर आगामी दिनमा सुधार गर्ने बचन दोहोराए । समापन समारोहलाई सम्बोधन गर्दै भने ‘गाउँ–गाउँमा खेर गइरहेका किवी, आलु, सुन्तला, जुनार, आलुका परिकार, हस्तकलाका सामाग्रीहरू, चोयाबाट बुनेका उपयोगी तथा सजावटका सामाग्रीहरू,राम्रो मात्रमा बिक्री भयो’, प्रमुख अतिथि सहित सबैले देख्न सक्नु हुन्छ ‘चिया, जाती विशेष सामाग्रीहरू, ढाकाका कपडा, गलैँचा, राडी जस्ता स्थानीय उत्पादन सबैले किन्नु भएको छ ।’

महोत्सवको अन्तिम दिन सांस्कृति प्रस्तुति दिँदै कलाकार खेम सेन्चुरी, तस्बिर मिलन घिमिरे /रामेछाप टाइम्स

आयोजकले कृषिलाई प्राथमिकता दिएर निःशुल्क स्टल उपलब्ध गराइएको थियो । 

 

संघका अध्यक्ष नवीन थापा मगरको अध्यक्षतामा भएको समापन समारोहलाई सम्बोधन गर्दै सांसद पूर्णबहादुर तामाङ ‍(कान्छाराम) ले यस्ता मेल महोत्सवले व्यापार व्यवसायलाई चलायमान बनाउन धेरै मद्दत गर्ने हुँदा समय समयमा गर्न सके थप उपलब्धि मूलक हुने बताए । नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका सांसद तामाङले जिल्लामा यो महोत्सवले धार्मिक, संस्कृति र जातीयता सबैलाई जोडेको उल्लेख गर्दै संघले सुस्ताएर बसेको व्यवसायलाई चलायमान बनाउन उल्लेख्य मद्दत गरेको भन्दै प्रशंसा गरे । 

आगामी दिनमा पनि थप परिष्कृत र केही कमी कमजोरी सुधार गर्दै यस्ता कार्यक्रम गर्न जरुरी रहेको दोहोराए । 

 

समापन कार्यक्रममा पूर्व सांसद एवं नेकपा एकीकृत समाजवादी पार्टी (एस) का केन्द्रीय पोलिट् ब्युरो सदस्य देवशंकर पौडेल, नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व राज्य मन्त्री श्यामकुमार श्रेष्ठ,प्रदेश सांसद एवं नेकपा एमालेका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख चिना खड्का (कार्की, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको उपस्थिति रहेको थियो । 

त्यस्तै नेपाली काँग्रेस रामेछाप उपसभापति लेखबहादुर कार्की, नेकपा एमाले रामेछापका उपसचिव प्रकाश कुमार कार्की, नेकपा माओवादी केन्द्रका नेता अम्बिका गजुरेल, राप्रपाका दीपक कार्की, राप्रपा नेपालका रामचन्द्र कँडेल, पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे,जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेल लगायतको उपस्थिति रहेको थियो । र, उनीहरूले सफलताको शुभकामना र आयोजकले गरेका कमी कमजोरीलाई सुधार गर्दै जानु पर्ने विविध विषयमा धारणा राखेका थिए । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));