दोस्रो मन्थली ‘नगर कप’ को उपाधि जित्तै भटौलीले रच्यो इतिहास, मन्थली-१ पराजित

| माघ २७, २०८० शनिबार

A A A
A A A

२७ माघ, रामेछाप । दोस्रो मन्थली ‘नगर कप’को उपाधि पहिलो पटक वडा नं–७ भटौलीले जितेको छ । शनिवार आज भएको फाइनल खेलमा वडा नं १ मन्थलीलाई २२-२५, २३-२५, १९-२५ ले हराउँदै भटौलीले इतिहास रचेको हो । योसँगै भटौलीले प्रथम पुरस्कार नगद १ लाख सहित ‘रनिङ शिल्ड’, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै उत्कृष्ट खेलाडी र कोच समेत आफ्नो पक्षमा पार्न सफल भएको छ । 

 

विजेता खेलाडीहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठले उप-प्रमुख ईश्वरी बस्नेत र वडा अध्यक्षहरूसहितको उपस्थितिमा पुरस्कार राशि, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे । 

 

त्यस्तै उप-विजेता बनेको मन्थली-१ ले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । मन्थली-१ पहिलो नगर कपको विजेता हो । 

 

नगरको वडा नं ८ चिसापानीले वडा नं ४ सालुलाई २४-२६, २०-२५ र १९-२५ ले सोझे सेट्मा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । उसले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । भने, एक जना उत्कृष्ट खेलाडी समेत आफ्नो पक्षमा पार्न सफल भएको छ । 

 

 

सान्त्वना भएको सालुले नगद ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र जितेको हो । 

 

 

मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो नगर कपमा विभिन्न ७ विधामा उत्कृष्ट खेलाडी, कोच र सर्वोत्कृष्ट खेलाडी नगद ३ हजार र ५ हजार सहित पुरस्कृत भएका छन् । गएको बुधवारदेखि जिल्ला समन्वय समितिको मैदानमा भएको भलिबल प्रतियोगितामा नगर भित्रका १४ वटै वडाको सहभागिता रहेको थियो । 

 

यो पनि पढ्नुहोस् 
दोस्रो मन्थली ‘नगर कप’को उपाधिको लागि मन्थली–१ र ७–भटौली प्रतिस्पर्धा गर्दै