दोस्रो मन्थली नगर कप : चिसापानीका भुसाल ‘सर्वोत्कृष्ट’सहित यी ६ जना खेलाडी उत्कृष्ट घोषित

| माघ २८, २०८० आइतबार

A A A
A A A

२८ माघ, रामेछाप । दोस्रो मन्थली ‘नगर कप’मा उत्कृष्ट खेल प्रदर्शन गर्दै नगर भित्रका विभिन्न सात जना खेलाडीहरू नगद सहित पुरस्कृत भएका छन् । 

 

गएको बुधवार देखि शनिवार सम्म चलेको दोस्रो ‘नगर कप’ प्रतियोगितामा नगर भित्रका १४ वटै वडाबाट १–१ टिम सहभागी भएका थिए । सोही टिमबाट सहभागी खेलाडीहरू मध्ये वडा नं ७ भटौली, वडा नं १ मन्थली, वडा नं ८ चिसापानी र वडा नं ४ सालुका खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नगद पुरस्कार र ट्रफि, मेडल र प्रमाणपत्र समेत जित्न सफल भएका हुन् ।

 

१० वटा वडाका खेलाडी बाहिरीदाँ यी चार वडाका खेलाडीहरूले भलिबल क्षेत्रमा आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै राम्रो खेलाडी बन्न सक्ने सम्भावनालाई प्रस्तुत गरेका हुन् । 

 

मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भलिबलमा शनिवार पुरस्कार विवरण गर्दै आयोजकले वडा नं ७ का जर्सी नं ७ बाटै खेलेका देवराज माझीलाई उत्कृष्ट ‘स्पाइकर’  घोषित गरेको हो । 

उत्कृष्ट टिम कोचको पुरस्कार ग्रहण गर्दै मन्थली-७ का टिम कोच, प्रदान गर्दै नगरप्रमुख लव श्रेष्ठ, उपप्रमुख इश्वरी बस्नेत साथमा वडा नं ७ का वडा अध्यक्ष भुवनहरि प्रसाई, तस्बिर मिलन घिमिरे / रामेछाप टाइम्स ।

 

त्यस्तै वडा नं ४ सालुका जर्सी नम्बर ३ का रामहरि खत्री उत्कृष्ट  ‘सर्बर’ घोषित भएका हुन् । 

 

उचाइमा सामान्य देखिने वडा नं १ मन्थलीका जर्सी नम्बर ३ बाटै खेलेका नवीन माझी उत्कृष्ट ‘सेटर’ घोषित हुँदा वडा नं ७ का जर्सी नम्बर १० बाट खेलाका सुरेश माझी उत्कृष्ट ‘डिफेन्डर’ घोषित भए । 

 

वडा नं १ मन्थलीका जर्सी नम्बर ७ का खेलाडी सलक माझी उत्कृष्ट ‘बल्कर’ घोषित भए । यसरी उत्कृष्ट घोषित भएका खेलाडीलाई आयोजकले नगद ३–३ हजारसहित ट्रफि र प्रमाणपत्र दिएर पुरस्कृत गर्‍यो । 

 

प्रथम ‘नगर कप’ विजेता मन्थली–१ लाई पराजित गर्दै यो पटक इतिहास रच्न बनाउन सफल बनेको मन्थली–७ भटौलीका खेलाडी समेतलाई पछि पार्दै तेस्रो स्थानमा चित्त बुझाउन पुगेको टिमका खेलाडी वडा नं ८ चिसापानीका कुमार भुसाल ‘सर्वोत्कृष्ट’ खेलाडी घोषित भए । उनले नगद ५ हजारसहित ट्रफि र प्रमाणपत्र जितेका छन् । 

 

भुसाललाई पुरस्कार घोषणा गर्दै कार्यक्रम उद्घोष गरिरहेका बासु फुयाँलले टिम तेस्रो स्थानमा हुनु तर, उनी सर्वोत्कृष्ट खेलाडी घोषित हुनु विरलै हुने भन्दै उनको खेल निकै उत्कृष्ट रहेको उद्घोष गरे । 

 

भने, उत्कृष्ट प्रशिक्षक वडा नं ७ भटौलीकै बलबहादुर माझी घोषित भए ।