रामेछापकाे ओख्रेनीमा आगाे लाग्दा श्रेष्ठको वस्तुगाेठ जलेर नष्ट, एउटा भैंसी मर्याे

| माघ २९, २०८० सोमबार

A A A
A A A

२९ माघ, रामेछाप । गाेठ छेउमा बालेकाे आगाे एक्कासि सलकिँदा रामेछापको रामेछाप नगरपालिका ओख्रेनीमा एउटा पशु जलेर मरेकाे छ । गाेठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।


आइतबार मध्यन्न १२ बजेकाे समयमा खाेले र पानी तताउन बालेको आगाे वस्तु गाेठमा सलकिँदा वडा नं ६ ओख्रेनी बेसी फलाटेका अमरबहादुर श्रेष्ठकाे गाेठ पूर्णरूपमा जलेकाे स्थानीय लाेक श्रेष्ठले रामेछाप टाइम्सलाई बताए  । 


`एउटा सानाे भैंसी जलेर मर्याे, गाेठ पूर्णरूपमा जल्याे । स्थानीयहरुकाे सहयाेगमा करिब १ बजेतिर आगाे नियन्त्रणमा लियाैं´ श्रेष्ठले भने ।

आगाे लागेकाे तत्कालै थाहा पाएकाले अन्य ठूलाे क्षेति हुन नपाएको उनको भनाइ छ ।  याे वर्षको हिँउद लागेदेखि नै वर्षा नहुँर्दा जताततै सुख्खा बनेकाे छ । यसले पनि आगाेलागी, डढेलाेका घटनाकाे जाेखिम उच्च देखिएको छ ।

तस्बिर लाेक श्रेष्ठबाट प्राप्त ।