सुनापति गाउँपालिकामा आज पनि ल्होसार मनाउन सार्वजनिक बिदा !

| माघ २९, २०८० सोमबार

A A A
A A A

२९ माघ, रामेछाप । सुनापति गाउँपालिकामा आज सोमबार पनि सार्वजनिक बिदा छ । सो पालिकामा सोनाम ल्होसारको मुख्य दिन शनिवार बाहेक थप दुई दिन बिदा दिएपछि सोमबार (आज) पनि  सार्वजनिक बिदा छ । 

 

 

गएको शनिवारै सोनाम ल्होसार पर्व थियो । तर, पालिकाले तामाङ समुदायको बाहुल्यता रहेको यो पालिकामा पर्वको दुई दिन सम्म बिदा दिएको पालिकाले पत्र जारी गर्दै जानकारी दिएको हो । 

 

 

२८६० औँ ल्होसार पर्वको अवसरमा जिल्लाको सुनापतिले दुई दिन, दोरम्बा शैलुङ गाउँपालिका र खाँडादेवी गाउँपालिकाले १–१ दिन आइतबार शनिवार पर्वको दिन बाहेक थप बिदा दिएका हुन् ।