नेपाल महिला संघ रामेछापकी संस्थापक अध्यक्ष अगुवा महिला नेतृ भट्टराईको निधन

| माघ २९, २०८० सोमबार

तस्बिर सामाजिक संजालबाट
A A A
A A A

२९ माघ, रामेछाप । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघ रामेछापकी संस्थापक अध्यक्ष एवं जिल्लाको महिला अगुवा नेतृ गणेश कुमारी भट्टराईको निधन भएको छ । 

 

क्यान्सर पीडित भट्टराईको सोमबार बिहान घरमै दिन भएको बुझिएको छ । १९९४ फागुन १० गते मन्थली मै जन्मिएकी भट्टराई विवाह गरेर हालको मन्थली ४ सालु गैराथोकमा पुगेकी थिइन् । उनीबाट सन्तान नभएपछि माइतीमै आएर मन्थली मै बस्दै आएकी थिइन् । 

 

तत्कालीन समय देखि नै महिलाहरू हक अधिकारको लागि आवाज उठाउँदै आएकी नेतृ भट्टराई नेपाली काङ्ग्रेसबाटै २०५४ सालमा वडा सदस्यको उम्मेदवार बनेकी थिइन् । 

 

महिला अधिकारको क्षेत्रमा विभिन्न चरणका आन्दोलनकी अग्रणी नेतृ भट्टराईको निधनले आफू सहित सिङ्गो नेपाली काँग्रेसलाई दुखी बनाएको पार्टी सचिव दीपक खड्काले रामेछाप टाइम्सलाई बताए । 

 

त्यस्तै नेपाली काँग्रेस जिल्ला पार्टी उपसभापति लेखबहादुर कार्कीले पनि भट्टराईको निधनले काँग्रेस रामेछापलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको निधन प्रति गहिरो शोक व्यक्त गरेका छन् । 

 

मृत भट्टराईको आजै (सोमबार) अन्तिम दाहसंस्कार गरिने पार्टी सचिव खड्काले बताए । 'पार्टीले झण्डा ओडाउछ, शोक पुस्तिका राख्छ । र, १३ औं दिनमा शोक सभा गर्छौं ।'