रामेछापको सेलेघाटमा टिपर सडकबाट पल्टियो, चालक माझीको मृत्यु

| फागुन ४, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

०४ माघ, रामेछाप । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित सेलेघाट स्थित सिल्ली बजारमा टिपर पल्टिँदा एक जनाको घटना स्थलै मृत्यु भएको छ । उद्धार कार्य जारी रहेको छ । 

 

आज शुक्रवार बिहान ११ ः ३० बजेको समयमा सेलेघाट तर्फबाट निर्माणाधीन सुनकोशी मरिण डाइभर्सन आयोजना तर्फ आउँदै गरेको बा २ क ४५०७ नम्बर टिपर एक्कासि पल्टिँदा चालक अन्दाजी ५० वर्षीय जयबहादुर माझीको घटना स्थान मै मृत्यु भएको सेलेघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अजय लामाले रामेछाप टाइम्सलाई बताए । 

 

चाकललाई टेपिरको क्रेन भागले चेपेको अवस्थामा भेटिएको छ, उद्दारको काम जारी छ, प्रहरी लामाले रामेछाप टाइम्ससंग भने । उनका अनुसार मृत्यु हुनेमा महोत्तरीको बर्दिबास गौरीडाडा वडा नं ४ बस्ने माझीको ज्यान गएको हो । टिपर सुनकोसी मरिण डाइभर्सनको रहेको हो । 

 

 

प्रहरी सहायक निरीक्षक लामाका अनुसार टिपर सडकबाट अन्दाजी १५० मिटर तल भिरमा खसेको छ । 

 

दुर्घटना स्थल तर्फ प्रहरी कार्यालय मन्थलीबाट प्रहरी निरीक्षक रञ्जन गिरीसहित टोली जाँदै गरेको प्रवक्ता समेत रहेका गिरीले रामेछाप टाइम्सलाई बताए।