राष्ट्रिय फोटो पत्रकार समूह नेपाल दोलखाको अध्यक्षमा प्रलाद आचार्य

| फागुन ११, २०८० शुक्रबार

A A A
A A A

११ फागुन, रामेछाप । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) दोलखाको अध्यक्षमा प्रलाद आचार्य चयन भएका छन् । शुक्रवार दोलखाको चरिकोटमा जीवन लामाको संयोजकत्वमा भएको पहिलो भेलाले जिल्ला शाखा विस्तार गरेको हो । 

 

प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्णसारु मगर, एनएफपीजे नेपालका केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठ, सदस्य प्रदीप श्रेष्ठ र प्रदेश सचिव कुमार श्रेष्ठ सहितको उपस्थितिमा भएको पहिलो जिल्ला भेलाले आचार्यलाई अध्यक्षको जिम्मेवारीमा चुनेको हो । 

 

नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईं, आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगायत दोलखामा क्रियाशील पत्रकारहरूको उपस्थितिमा भएको शाखा विस्तारमा तारादेवी बस्नेत उपाध्यक्ष, सचिवमा गोविन्द थामी र कोषाध्यक्षमा सुजन थामी सर्व सहमतले चयन गरेको प्रदेश सचिव कुमार श्रेष्ठले जानकारी दिए । 

 

त्यस्तै प्रकाश बस्नेत, अनिता लामा र हिरालाल विश्वकर्मा सदस्यमा चयन भएका छन् । 

 

देश व्यापी रूपमा शाखा विस्तार गर्न लागेको (एनएफपीजे) ले पछिल्लो समय नुवाकोटमा शाखा विस्तार गरेको थियो । बागमती प्रदेशका १३ वटै जिल्लामा चाँडै नै आफ्नो कार्यसमितिले शाखा विस्तार गर्ने प्रदेश अध्यक्ष नारायण सिल्वालले बताए ।

 

केही दिन भित्रमै सिन्धुलीमा पनि शाखा विस्तार गरिने जानकारी दिँदै फोटो पत्रकारहरूको यो समूहलाई चलायमान बनाउने योजना रहेको बताएका हुन् ।