कबड्डी निर्णायक प्रशिक्षक तालिम रामेछापको मन्थलीमा सुरु

| फागुन १२, २०८० शनिबार

A A A
A A A

१२ फागुन, रामेछाप । रामेछापमा कबड्डी निर्णायक तथा प्रशिक्षक तालिम सुरु भएको छ । यो तालिम आउँदो शुक्रवार १८ गते सम्म चल्ने छ । 

 

जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लाका आठ वटै स्थानीय तहका प्रशिक्षार्थीहरूको सहभागितामा जिल्ला सदरमुकाम मन्थलीमा प्रशिक्षण प्रारम्भ गरिएको हो । 

 

 

बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठसहितको उपस्थितिमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहा मगरको अध्यक्षतामा सुरु भएको तालिम तथा प्रशिक्षणले आगामी दिनमा हुने कबड्डी प्रतियोगिताको लागि निर्णायकले खेल्नु पर्ने भूमिका र गतिविधि बारे सचेतना दिइने मन्थली नगर खेलकुद प्रशिक्षक देवेन्द्र श्रेष्ठले जानकारी  दिए । 

 

अहिले कबड्डीका प्रशिक्षक नहुँदा जिल्ला बाहिरबाट चर्को मूल्य तिरेर ल्याउनु पर्ने बाध्यता छ । 

 

तस्बिर स्रोत सरोज गाहामगर ।

रामेछाप टाइम्स
| भदौ २१, २०८३ आइतबार