मन्थली अस्पतालमा भएको स्वास्थ्य शिविरमा दुई सय बढीले सेवा लिए

| फागुन १३, २०८० आइतबार

A A A
A A A

१३ फागुन, रामेछाप । जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा भएको विशेषज्ञ स्वास्थ्य शिविरमा दुई सय बढीले सेवा लिएका छन् । 

 

 

शनिवार भएको नाक, कान तथा घाटी सम्बन्धि शिविरमा एक सय २१ जना, ८६ जनाले भिडियो एक्स–रे गरी दुई सय ७ जनाले सेवा लिएको मन्थली अस्पतालले जानकारी दिएको हो । 

 

नगरपालिका सहित आसपासका गाउँ बस्तीका महिला, बालबालिका,वृद्धवृद्धा र लामो समय देखि आर्थिक अभावमा बाहिर गएर चर्को मूल्यमा उपचार गर्न नसकेकाहरूको लागि घरबाटै धराएर उपचार गर्न पाएपछि निकै सहज भएको सेवाग्राहीहरूले बताएका छन् । 

 

पछिल्लो समय अस्पतालमा सेवाग्राहीको भीड लाग्ने मन्थली अस्पतालले पनि बिरामीको चापलाई ध्यानमा राख्दै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।  यश अगाडि अन्यथा भएकोमा सच्याईएकाे छःस