भोलि मन्थली नगरभित्रका सबै निजी विद्यालयहरू बन्द

| फागुन १४, २०८० सोमबार

A A A
A A A

१४ फागुन, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा संचालित निजी विद्यालयहरू भोलि मंगलबार बन्द हुने भएका छन् । 

 

मंगलबार स्थानीय माझी समुदायको विशेष पर्व लदी पूजा परेको कारण स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रामेछापले उक्त पर्वको दिन बिदा दिने निर्णय गरेको जनाएको हो । 

 

 

माझी समुदायको बाहुल्यता रहेको मन्थली नगरपालिका वडा नं १ मन्थली र वडा नं ७ भटौलीमा रहेका सबै संस्थागत (बोर्डिङ) स्कुलहरू लिटिल स्टार इंग्लिश स्कूल (मन्थली १), तामाकोशी अङ्ग्रेजी आवासिय विद्यालय (मन्थली १), केब्स स्कूल (मन्थली १) र नर्मदेश्वर बोर्डिङ स्कूल मन्थली ७ मुगीटार बन्द हुने प्याब्सन रामेछापले जानकारी दिएको हो । 

 

 

मंगलबार विद्यालय बन्द भए पनि प्याब्सन रामेछापले सञ्चालन गरिरहेको कक्षा आठको प्रिटेस् परीक्षा भने सञ्चालन हुने जनाएको छ ।