रामेछापको ठोसेमा स्याल लखेट्ने क्रममा लड्दा एक महिला गम्भीर घाइते, काठमाडौँ लगियो

| बैशाख १, २०८१ शनिबार

स्याल, तस्बिर फाइल ।
A A A
A A A

१ वैशाख, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसेमा कुखुरा लाने स्याल लखेट्ने क्रममा लड्दा एक महिला गम्भीर घाइते भएकी छिन् ।

 

 

उनको उद्दार गरी थप उपचारको लागि काठमाडौँ लगिएको छ । 

 

 

गए राति अन्दाजी ३ ः ०० बजेको समयमा स्यालले कुखुरा लग्यो भनी लखेट्न उठ्ने क्रममा एक तले घरको बरण्डाबाट लड्दा ठोसेको टगम बस्ने ३६ वर्षीय सुनिता कार्की गम्भीर घाइते भएकी हुन् । 

 

 

कार्कीको घरबाट लड्दा टाउकोमा चोट लागेको छ । तत्कालीन दोलखाको जिरी अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि शनिवार बिहान १० बजे काठमाडौँ रेफर भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।