मन्थली नगरपालिका वडा नं १२ को वडा कार्यालय भवनमा अज्ञात समूहले पुर्‍यो क्षति (तस्बिरसहित)

| जेठ २८, २०८१ सोमबार

A A A
A A A

२८ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं १२ गेलुको वडा कार्यालय भवनमा अज्ञात समूहले क्षति पुर्‍याएको छ । घटना के कारणले गरिएको हाे खुल्न सकेको छैन ।

 

गए राति अज्ञात समूहले केही दिन अगाडि मात्रै कलर (रगं) लगाइएको वडा बसेको भवनमा मोबिल ल्याएर जथाभावी छ्यापेर क्षति पूर्याएको वडा अध्यक्ष खिलेन्द्रबहादुर खत्रीले रामेछाप टाइम्सलाई बताए । 

 

आइतबार साँझ ५ बजेसम्म म बस्दा ठिक थियो । राति सबै छ्यापेछन्, कसले गर्‍यो खुल्न सकेको छैन वडा अध्यक्ष खत्रीले भने । आइतबार दिउँसो मात्रै चालु आर्थिक वर्षको एक लाख ५० हजार रुपैयाँ बजेटबाट वडा बसेको भवनमा रंगरोगन लगाएत व्यवस्थापन सम्पन्न गरिएको थियो । 

 

उक्त कामकाे भुक्तानीकाे लागि साेमबार नगरमा फाइल पेस गर्ने तयारी अन्तिम चरणमा रहेका बेला थप समस्य भएको हाे ।

 

अज्ञात समूहले यस्तो हर्कत गरेपछि सोमबार वडा अध्यक्ष खत्री र वडा सचिव रामहरि अधिकारीसहितको उपस्थितिमा स्थानीयहरूसँग घटना बारेमा गहिरो सोध्पुच्छ गरिएको वडा सचिव अधिकारीले बताए । ‘काम गर्ने एक समूहसँग र अर्को एक असन्तुष्ट समूहसंग पनि सोध्पुच्छ गरे र नगरमा पनि जानकारी गराएको छु’सचिव अधिकारीले भने ।

 

स्राेतका अनुसार उक्त रंगरोगन कार्यकाे केही व्यक्तिहरुले असन्तुष्ट जनाएउदै आएका थिए । साथै सम्पन्न भएको कामको गुणस्तरमा समेत प्रश्न उठाएका थिए । 

 

भर्खरै रंगरोगन गरिएको भवनमा जताततै मोबिल छर्केर क्षति पुर्‍याएपछि वडाले प्रहरीलाई जानकारी गराएको र खिम्तीबाट पुगेको प्रहरीको टोलीले घटना बारेमा अनुसन्धान गरिरहेको वडा सचिव अधिकारीले बताए । 

 

तस्बिर लक्की शंखर बि‍.क (घिमिरे) ।