रामेछापमा विपद् व्यवस्थापन समितिको बैठक : ७० वटा ‘पाल’ बाढी प्रभावित लेखर्क पठाइयो

| भदौ १०, २०८१ सोमबार

फाइल तस्बिर
A A A
A A A

१० भदौ, रामेछाप । दोरम्बा शैलुङ् लेखर्क र मन्थली नगरपालिका १३ मिल्तीमा एकै राति पहिरो गएर ठुलो जनधनको क्षति गरेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । 

 

आज बिहान प्रमुख जिल्ला अधिकारी (सिडिओ) एवं जिल्ला विपद् व्यवस्थापन समितिकी संयोजक अनिता निरौलाको अध्यक्षतामा बसेको बैठकले घटना बारे समीक्षासहित विभिन्न निर्णय गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले रामेछाप टाइम्सलाई बताइन् । हामीले घटनाबारे विभिन्न निर्णय गर्दै पीडितहरूलाई राहत, उद्धार र व्यवस्थापनको राम्रो तजबिज मिलाउन निर्णय गरेका छौँ ।’

 

बैठकले तत्काको लागि पालिकाले खाद्यान्न लगायतका अत्यावश्यक  वस्तुहरू पालिकासँगै रहेको र पालहरू भने आवश्यकता छ भनेपछि विपद् व्यवस्थापन र जिल्ला रेड्क्रश सोसाइटी रामेछापबाट २५–२५ वटा वटा र मन्थली र रामेछाप नगरपालिकाको तर्फबाट १०–१० वटा पाल दोरम्बा गाउँपालिकालाई पठाइएको सिडिओ निरौलाले जानकारी दिइन् । 

 

‘पालिकाले खाद्यान्न लगायत अरू तत्काल पर्दैन तर पाल उपलब्ध गराइदिनु भनेपछि हामीले ७० वटा पाल व्यवस्थापन गरी गाडी आएर लिएर गएको छ’ सिडिओ निरौलाले भनिन् । 

 

गत शनिवार राति गएको पहिरोमा परी बेखर्कमा हाल सम्म ७ जनाको मृत्यु भएको छ । भने, ३ जना अझै बेपत्ता छन् । एक जना घाइते बालिकाको काठमाडौँमा उपचार भइरहेको छ ।