गाडी दुर्घटनामा वडा अध्यक्ष बस्नेतको निधनको शोकमा गोकुलगंगामा भोलि शोक बिदा

| मंसिर १५, २०८१ शनिबार

A A A
A A A

१५ मंसिर, रामेछाप । गाडी दुर्घटनामा वडा अध्यक्ष रामचन्द्र बस्नेतको निधन भएपछि गोकुलगंगा गाउँपालिकाले भोलि आइतबार शोक बिदा दिएको छ । मृतकहरूको मन्थली अस्पतालमा पोस्ट मार्टम गरी शनिवार आज तामाकोशी किनारामा सामूहिक अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।

 

शुक्रवार काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली आउँदै गर्दा सोही वडाका वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएपछि पालिकाले शनिवार एक शोक पत्र जारी गर्दै आइतबार भोलि शोक बिदा दिने जानकारी गराएको छ । 

 

गोकुलगंगा कै वडा नं ६ फर्पुको सिमखोलामा भएको दुर्घटनामा वडा अध्यक्ष सहित ५ जनाको मृत्यु भएकामा दुखित रहेको उल्लेख गर्दै गाउँपालिकाले १६ गते आइतबार पालिका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरूमा आकस्मिक सेवा बाहेक शैक्षिक संस्थाहरू समेतमा शोक बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह भण्डारीले जानकारी दिए ।

 

दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडा अध्यक्ष बस्नेतसहित नामाडी (५ नम्बर) का एक आमा छोरी, ४ नम्बरकै सविना बि क (गजमेर) र चालक मन्थली नगरपालिका १० का हिराबहादुर कार्कीको मृत्यु भएको छ । 

 

घाइते बालक रबिन बि कसहित अन्य दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ ।  

 

रामेछाप टाइम्स
| पुस २३, २०८१ मंगलबार