नेपाली काँग्रेस रामेछापका नेता आङ टावा शेर्पालाई पत्नी शोक
२१ माघ, रामेछाप । नेपाली काँग्रेस रामेछापका पूर्व पार्टी सभापति एवं संविधान सभा सदस्य आङटावा शेर्पालाई पत्नी शोक परेको छ । उनकी श्रीमती लमु शेर्पाको गए राति निधन भएको हो ।
क्यान्सर रोग लागेको थाहा पाए लगत्तै करिब ४ महिना अगाडि अमेरिका लगेर उपचार गराउँदा समेत निको नभएपछि १५÷२० दिन अगाडि नेपाल फर्किएकी शेर्पाको काठमाडौँ स्थित स्तुपा हस्पिटलमा निधन भएको नेपाली काँग्रेस गोकुलगंगा गाउँपालिका सभापति मणिकुमार लामाले रामेछाप टाइम्सलाई बताए ।
गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरे निवासी नेपाली काँग्रेस रामेछापको महाधिवेशन प्रतिनिधि समेत रहेका आङ टावा शेर्पाकी पत्नी लमुका तीन भाइ छोरा एक बहिनी छोरी रहेका छन् । शेर्पाको परिवार लामो समयदेखि काठमाडौँमा बसोबास गर्दै आएका छन् ।
मृतक शेर्पाको शव काठमाडौँ बौद्ध स्थित शेर्पा गुम्बामा राखिएको र आउँदो बुधवार अन्त्येष्टि गर्ने तयारी भएको नेता लामाले जानकारी दिए ।
नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति समेत रहेका आङ टावा शेर्पाकी पत्नी लमुको निधनमा जिल्लाका नेताहरुले दःखु व्यक्त गरेका छन् ।