गाँजासहित सिन्धुपाल्चोकका युवा सेलेघाटबाट प्रहरी फन्दामा

३० भदौ, रामेछाप । मोटरसाइकलमा गाँजा ओसारपसार गर्ने सिन्धुपाल्चोक चौताराका एक युवा रामेछाप प्रहरीको फन्दामा परेका छन् ।
गत बुधवार काठमाडौँबाट मन्थली तर्फ आउँदै गर्दा जिल्लाको मुख्य प्रवेशद्वार सेलेघाटमा चेकजाँच गर्दा उनी प्रहरीको नियन्त्रणमा परेका हुन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका ७ बस्ने २४ वर्षीय राजेन्द्र डङ्गोल हुन् ।
मन्थली नगरपालिका ६ सेले घाट चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा डङ्गोल सवार बा ८२ प ९९५० नम्बरको एन एस मोटरसाइकलमा लुकाई छिपाई ल्याएको अन्दाजी ७ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
लागू औषध गाँजासहित प्रहरी नियन्त्रणमा परेका डङ्गोललाई मोटरसाइकलसहित नियन्त्रणमा लिई ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजुप्रसाद् ढकालले जानकारी दिए ।