१ करोड ७४ लाख जरिवाना सहित कैद फैसला गरिएकी बेथानकी मेनुका घिमिरे काठमाडौँबाट पक्राउ

| मंसिर १४, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

१४ मंसिर, रामेछाप । एक करोड ७० लाख बढी बैङ्किङ कसुर मुद्दामा फरार रामेछापको सुनापति गाउँपालिकी एक महिला पक्राउ परेकी छन् । 

 

 

पक्राउ पर्नेमा वडा नं ४ घर भएकी ५६ वर्षीय मेनुका शर्मा रहेकी छन् । उनलाई उक्त कसुरमा २४ दिन कैद र १ करोड ७४ लाख जरिवाना फैसला जिल्ला अदालत रामेछापले सुनाएको थियो । सो फैसला २०७८ साल कात्तिक २३ गते सुनाएको हो । 

 

फैसलापछि घिमिरे सोही मितिदेखि फरार रहेकोको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

 

त्यसपछि खोजी गर्दै जाने क्रममा गत सोमबार १२ गते काठमाडौँ महानगरपालिका वडा नं १० नयाँबानेश्वर स्थित उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । 

 

 

पक्राउ परेकी शर्मालाई पक्राउ गरी जिल्ला अदालत रामेछापमा मङ्गलवार आवश्यक कारबाहीको लागि जिल्ला पेस गरी जिल्ला कारागार कार्यालय रामेछाप पठाइएको जानकारी दिए ।