राकाथुम स्थित खैरेनी पुल नजिकै सुनकोसी नदीमा भेटियो अपरिचित पुरुषको शव

| असोज २, २०८० मंगलबार

A A A
A A A

२ असोज, रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं १ रकाथुम स्थित खैरेनी पुल नजिक सुनकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । 

 

 

सोमबार पहिचान खुल्न नसकेको अन्दाजी ५०/५२ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

फेला परेको उक्त शवलाई मन्थली स्थित मन्थली अस्पतालको शव घरमा राखिएको जिप्रका रामेछापले जनाएको छ । 

 

भेटिएको शव पहिचान भएमा सम्पर्कमा आउन समेत प्रहरीले आग्रह गरेको छ । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));