सुनकोसी नदी किनारमा फेला परेको बेवारिसे शव दिक्तेलका थापाको भएको पुष्टि

| असोज ५, २०८० शुक्रबार

बेबारिसे अवस्थामा भेटिएको देवबहादुर थापा शव
A A A
A A A

५ असोज, रामेछाप । गत असोज १ गते सोमबार राकाथुक स्थित सुनकोसी नदी किनारमा फेला परेको बेवारिसे शवको पहिचान् भएको छ । 

 

खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुक स्थित लुबुघाट सुनकोसी नदीको किनारमा फेला परेको बेवारिसे सव खोटाङ दिक्तेल रुपाकोट मझुवा गडी बस्ने ५२ वर्षीय देवबहादुर थापाको रहेको उनका २३ वर्षीय छोरा राजन थापाले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।

 

 

प्रहरीले मन्थली अस्पतालमा ल्याएर राखेको शव पहिचान भएपछि हिजो बिहीबार जिम्मा लगाएको हो । 

 

 

मृतकका छोरा राजनले चिनी सनाखत गरी लासलाई पोस्ट माटम गरी राजनलाई जिम्मा लगाई पठाइएको जिप्रकाका प्रवक्ता रञ्जन गिरीले जानकारी दिए ।