तारा एयरका दुई पाइलटबिच रामेछाप विमानस्थलमा झगडा, वरिष्ठ क्याप्टेनले हाले प्रहरीमा उजुरी

| कात्तिक १७, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

१७ कात्तिक, रामेछाप । रामेछाप विमानस्थलमा दुई पाइलट बिच हात हात हाला-हाल भएको छ । शुक्रवार बिहान काठमाडौँ कोटेश्वर निवासी ‘तारा एयर’का वरिष्ठ क्याप्टेन सन्तोष शाहलाई सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले एक थप्पड हानेर धकेल्दा शाह लडेपछि घटना बाहिरिएको हो । 

 

रामेछापको मन्थली विमानस्थलबाट सोलु खुम्बुको लुक्ला उडान हुँदै आएको छ । क्याप्टेन शाहले आफू बिहान ८ ः ३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा जहाज लिएर ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानको लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै गर्दा जम्काभेट थियो । सो समयमा क्याप्टेन श्रेष्ठसँग हाल मिलाउन खोज्ने क्रममा काठमाडौँ बालुवाटार निवासी श्रेष्ठले आफूलाई थप्पड हानेको क्याप्टेन शाहले बताएका हुन् । 

 

वरिष्ठ क्याप्टेन शाहले आफूमाथि हातपात गर्ने श्रेष्ठमाथि कारबाही गरी पाउँ भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) होमबहादुर पराजुलीले बताए । ‘आफूमाथि कुटपिट भएको भन्दै निवेदन दर्ता गर्न आउनु भएको हो’ मैल अर्का क्याप्टेन श्रेष्ठलाई नि, फोन गरेर सोध्दा उहाँले लुक्ला छ भन्नु भयो’ डिएसपी पराजुलीले श्रेष्ठसँगको कुराकानीलाई उदृत गर्दै सुना ‘हामी सामान्य विवाद भएको हो म आउँछु भन्नु भयो ।’

 

कानुनी उपचारको लागि प्रहरी कार्यालय आइपुगेका क्याप्टेन शाहलाई चोट पटक भने नदेखिएको डिएसपी पराजुलीले बताए । हामी थप अनुसन्धान र सोधपुछ गरिरहेकै छौँ उहाँ आएपछि थप छलफल हुन्छ डिएसपी पराजुलीले भने । 

 

यसैबिच दुई पाइलटबिच के कारणले कुटाकुट भएको यस बारेमा आफूलाई केही जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले बताए । 

 

उनका अनुसार घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउण्डेट गरिएको छ । भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला यएरर्पोटमै ग्राउण्डेट गरिएको छ ।