उमाकुण्ड–३ मा भाइले दाजुलाई हाने खुकुरी, दाइको अवस्था गम्भीर

| मंसिर ३, २०८० आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

३ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकाँस्थलीमा भाईले दाजुलाई खुकुरी प्रहार गरेका छन् । भाइ ३८ वर्षीय ओसिराम बस्नेतले दाजु ४९ वर्षीय देवबहादुर बस्नेतलाई घरयासी विवादमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटना शनिवारको हो । 

 

 

भाइको खुकुरी प्रहारबाट दाइ देवबहादुरको दुवै खुट्टामा र दायाँ हातमा गहिरो चोट लागि गम्भीर घाइते भएका छन् । घाइते देवबहादुरलाई स्थानीय स्वास्थ्य चौकीका डाक्टरबाट सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ । 

 

अहिले देवबहादुरको ग्रान्डी हस्पिटल काठमाडौँ उपचार भइरहेको जिप्रका रामेछापले जनाएको हो । 

 

आफ्नै दाजुलाई खुकुरी प्रहार गर्ने भाइ ओसिरामलाई हतियार (खुकुरी) सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिप्रका रामेछापले भनेको छ । 

रामेछाप टाइम्स
| मंसिर १०, २०८० आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));