काठमाडौंबाट मन्थली आउदै गरेकाे टाटा सुमाे काभ्रे भञ्ज्याङमा दुर्घटना

| माघ २६, २०८० शुक्रबार

तस्बिर सिर्जना राेका
A A A
A A A

२६ माघ, रामेछाप । काठमाडौबाट मन्थली आउदै गरेकाे यात्रु वहाक टाटा सुमाे काभ्रे भञ्ज्याङमा दुर्घटनामा परेकाे छ । यात्रु सबै सुरक्षित छन् । 

 

विपरीत दिशाबाट जाँदै गरेकाे नम्बर नखुलेको माेटरसाइकसंग ना १ ज ५८६८ नम्बरको त्रिवेणी यातायातको सुमाे ठक्कर खाँदा नालीमा खसेको सुमाेमा सवार यात्रु सिर्जना राेक्काले रामेछाप टाइम्सलाई बताइन् । 

 

सुमाेमा सवार १ बालक सहित १० जना यात्रु र चालक सबै सुरक्षित रहेको उनले जानकारी दिइन् । अहिले घटना स्थलमा प्रहरी आएर दुर्घटना बारे अनुसन्धान गरिरहकाे छ ।