सुनापतिमा आज र भोलि पनि, दोरम्बा शैलुङ गाउँपालिकामा आज सार्वजनिक बिदा

| माघ २८, २०८० आइतबार

A A A
A A A

२८ माघ, रामेछाप । रामेछापको सुनापति र दोरम्बा शैलुङ गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । सोनाम ल्होसार मनाउन पालिकाहरूले ‘स्थानीय पर्व बिदा’ दिएका हुन् । 

 

 

तामाङ समुदायको सोनाम ल्होसार पर्वको अवसरमा सुनापति गाउँपालिकामा आज (आइतबार) र भोलि सोमबार समेत बिदा दिइएको छ । भने, दोरम्बा शैलुङ गाउँपालिकामा आज (आइतबार) एक दिन बिदा दिइएको छ । 

 

 

सोनाम ल्होसार पर्व शनिवार परेको थियो । देशभरि शनिवारै मनाइएको छ । हिजो पर्वको दिन शनिवार परेपछि गाउँपालिकाहरूले बैठक बसेर निर्णय गर्दै थप बिदा दिने जानकारी दिएका हुन् ।