नेकपा माओवादी केन्द्र रामेछापका जिल्ला संयोजक मोक्तान वैकल्पिक केन्द्रीय सदस्यमा चयन

| फागुन १, २०८० मंगलबार

A A A
A A A

०१ फागुन, रामेछाप । नेकपा (माओवादी केन्द्र) रामेछाप जिल्ला संयोजक मैन कुमार मोक्तान (मदन) पार्टीको केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा चयन भएका छन् । 

 

गएको आइतबार र सोमबार दुई दिन बसेको पाँचौँ पूर्ण बैठकले रामेछापका मोक्तान सहित लालबहादुर सुस्लिब, शंकर राई, रिपुप्रसाद राई, डम्बर सुवेदी, डा. महादेव महतो, टंक गिरी, रामसुर बुढा, पुरन के.सी, राजेन्द्रवीर राय, नारायण महर्जन, हीरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोटा, गंगा पोखरेल र विजय वनेम छन् ।

 

यस्तै, पूर्णसिंह राजवंसी, लक्ष्मी श्रेष्ठ, विना पोखरेल र सुरेश गौतमलाई चयन गरेको छ । भने ज्येष्ठ कम्युनिस्ट मञ्चमा नगेन्द्र धिमाल, इन्द्रप्रसाद रेग्मी र प्रकाश सुवेदीलाई थप गरेको छ । १८ वैकल्पिक केन्द्रीय सदस्य थप गरे गर्दै रिक्त रहेको केन्द्रीय समितिको वैकल्पिक सदस्य, सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चमा सदस्य मनोनयन गरेको नेकपा माओवादी केन्द्रले जनाएको हो । 

 

सदस्य थप गर्ने स्थायी कमिटीको बैठकको निर्णय केन्द्रीय समितिले अनुमोदन समेत गरेको छ ।

 

रामेछापबाट एक मात्रै वैकल्पिक केन्द्रीय समितिमा चयन भएका मोक्तान पार्टीको विभिन्न तहमा रहेर राजनीतिका सक्रियसँगै दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष समेत हुन् ।