वनभोज गएका रामेछाप नगरपालिकाका मेयरका स्वकीय सचिव श्रेष्ठको एक्कसी मृत्यु, वडा अध्यक्ष कार्कीको उपचार जारी

| फागुन ५, २०८० शनिबार

निधन भएका लक्ष्मण श्रेष्ठ
A A A
A A A

५ फागुन, रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको अकास्मत निधन भएको छ । उनलाई हृदयाघात भएको दाबी गरिएको छ । उनी नगरपालिकाकै वडा नं ७ मुडेखोला निवासी हुन् । 

 

४८ वर्षीय श्रेष्ठको शनिवार आज नगरकै वडा नं ७ सुकाजोर स्थित तारा खसे पोखरीमा वनभोजमा गएको बेलामा एक्कासि अस्वस्थ हुँदा निधन भएको हो ।

 

नगरका कर्मचारीहरूको वनभोज थियो । हामी सबै बिहानै गएका थियौँ, उहाँ पछि आउनु भएको थियो । आएर दुई चम्चा चिउरा खानु भएको रहेछ, तत्काल पसिना आएपछि डाक्टरहरू सबैको सल्लाहमा सितल्लमा रेस्ट पनि गर्नु भयो, त्यसपछि जिल्ला अस्पताल ल्याइएको थियो । लगत्तै डाक्टरले मृत घोषणा गरे, प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले रामेछाप टाइम्ससंग भने । 

 

शुक्रवार मात्रै काठमाडौँबाट रामेछाप आएको बुझिएका श्रेष्ठ बिहानै देखि अस्वास्थ्य रहेको बुझिएको छ । पिक्निक्मा चिउरा अशूल्जिएर उनको मृत्यु भएको दाबी गरिएको छ । यद्दयपी डाक्टरले सो कुरा पुष्टि गर्न बाँकी छ । 

 

अहिले उनको शव जिल्ला अस्पतालमा रहेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए । प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ । 

 

सोही घटनापछि नगरकै प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष समीर कार्की पनि अचेत अवस्थामा रहेका छन् । उनलाई के भएको हो भन्ने थप खुलेको छैन । उनको जिल्ला अस्पतालमा उपचार जारी छ । 

 

श्रेष्ठको निधनले नगरपालिका शोक मग्न भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले अनुसन्धान भइरहरहेको बताएका हुन् ।