रामेछापको खाँडादेवीमा अटो दुर्घटनाः एक गम्भीर सहित तीन जना घाइते, गम्भीर घाइतेलाई काठमाडौँ लगियो

| फागुन १०, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

१० फागुन, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ कल्चौडेमा अटो अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

 

घाइते हुनेमा जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं ८ चिसापानी बस्ने ३० वर्षीय जयराम माझी, खाँडादेवी गाउँपालिका ४ रजगाँउ बस्ने २४ वर्षीय बाबुराम माझी र सोही ठाउँका ७० वर्षीय लक्ष्मण माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

 

घाइते मध्ये चिसापानीका माझीको कम्मर भन्दा मुनीको भाग नचल्ने, अर्का घाइते बाबुरामको मुखमा चोट लागेको र लक्ष्मणको दुवै पाखुरा र दुवै खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रवक्ता शैलेन्द्र खड्काले जानकारी दिए । 

 

घाइतेहरू लक्ष्मण र बाबुरामलाई उद्दार गरी मन्थली अस्पताल ल्याएर उपचार भइरहेको छ । भने, जयरामलाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौँ रिफर गरिएको छ ।