रामेछापको सुनापतिमा जग्गा भाडामा लिएर ठुलो परिमाणमा अफिम खेती गर्दै आएका रुकुम पूर्वका दुई महिला पक्राउ

| फागुन २६, २०८० शनिबार

A A A
A A A

२६ फागुन, रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवीमा  जग्गा भाडामा लिएर ठुलो परिमाणमा लागू औषध (अफिम) खेती गरेको आरोपमा दुई जना महिला पक्राउ परेका छन् । 

 

पक्राउ पर्नेमा रुकुम पुर्वीभेग पुथा उत्तरगंगा गाउँपालिका १ घर भई हाल सुनापती गाउँपालिका ३ बस्दै आएकी ६८ वर्षीय बुद्दि माया पुन मगर (गुरुङ) र सोही ठाउँकी वडा नं ५ घर भई  हिलेदेवी बस्दै आएकी ४२ वर्षीय कान्छी मगर छन् । 

 

उनीहरूले हिलेदेवीका मेखबहादुर तामाङ र जगत तामाङको गरी अन्दाजी ६ रोपनी घर जग्गा भाडामा लिएर लागू औषध खेती गर्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

जग्गा भाडामा लिएर उनीहरूले सात हजार बोट अफिमको बिरुवा रोपेको पाइएको जिप्रका रामेछापकाले जनाएको हो । उनीहरूलाई शुक्रवार पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));