झ्यास पोल्दा गम्भीर घाइते रामेछाप पुरानागाउँकी वृद्धाको उपचारको क्रममा निधन

| चैत ३०, २०८० शुक्रबार

जलेर गम्भीर घाइते हुँदा उद्दार हुँदै गर्दाको तस्बिर फाइल ।
A A A
A A A

३० चैत, रामेछाप । हिजो बिहीबार आफ्नै बारीको झ्यास पोल्ने क्रममा शरीरमा आगो सल्किँदा जलेर गम्भीर घाइते भएकी पुरानागाउँकी वृद्धा महिलाको उपचारको क्रममा निधन भएको छ ।

 

उपचारको क्रममा गए राति १२ ः ४५ मा उनको निधन भएको अस्पतालले जनाएको हो । 

 

मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ लामाटोलकी ८५ वर्षीय लालमाया तामाङको गए राति कीर्तिपुर स्थित बर्निङ अस्पताल काठमाण्डौ उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

 

आफ्नै बारीमा सुकेको पत्कर, झ्यास पोल्ने क्रममा शरीरमा आगोले पोल्दा वृद्धा तामाङ गम्भीर घाइते भएकी थिइन् । तत्काल उद्दार गरी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएकोमा उनको निधन भएको हो । 

 

झ्यास् पोल्न बालेको आगो शरीरमा सल्किँदा रामेछापको पुरानागाउँमा एक वृद्धा गम्भीर घाइते, हेलिकप्टर मार्फत काठमाडौँ लगियो