घरभित्रबाटै आगो सल्किएर रामेछाप सल्लेनीमा पसलसहित एक घर जलेर नष्ट

मानवीय क्षति भएन

| बैशाख २१, २०८१ शुक्रबार

A A A
A A A

२१ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकाँस्थालीमा घर भित्रैबाट सल्किएको आगोले जलेर एकसहित पसलका सामान जलेर नष्ट भएको छ । घटनामा मानवीय क्षति भने भएको छैन । 

 

बिहीबार साँझ ६ ः ३० बजेतिर घर ७८ वर्षीय वृद्धा कमला राउतले फुकेको आगो सल्किँदा पूरै घर र पसल जलेको कुँबुँकाँस्थालीका वडा अध्यक्ष नवीन थापाले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार वडाको साबिकको वडा नं ५ नेका सल्लेनी भन्ने स्थानीय ‘कल्याण’ भन्ने कमला माया राउतको पसल भएको घरमा उनकी वृद्धा आमा बसिरहेकै बेलामा आगो सल्किँदा पूर्ण रूपमा जलेर नष्ट भएको हो । 

 

६० हजार नगद सहित घर पूरै जलेर सकिएपछि आगो डेढ दुई घण्टापछि निभेको वडा अध्यक्ष थापाले बताए । ‘पसलमा रहेका खाद्यान्न सहित चामल, ६० हजार नगद, घर पूर्ण रूपमा जलेर सकिएपछि मात्रै निभ्यो ।’

 

आगोलागि भएको उक्त घरमा कल्याणसँगै उनी श्रीमती र आमा बस्दै आएका थिए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));