मन्थली खाँदबारीमा घरको ताला फोडेर तामा, पितलका गाग्री, झर्काको थाल र भाडा चोर्ने कार्की पक्राउ

| बैशाख २९, २०८१ शनिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२९ वैशाख, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले यही वैशाख १ गते मन्थली स्थित खाँदबारीमा टिकाबहादुर मगरको घरमा चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं १ कै रामबहादुर कार्की रहेका छन् । 

 

उनलाई खाँदबारी रणजोर खोला नजिकै बस्ने मगरको घरको ढोकाको ताल्चा फुटाई चोरी गरेको अवस्थामा गत वैशाख १४ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

कार्कीले मगरको घरबाट २ थान तामा पितलको गाग्री, २ थान चरेसको झर्का थाल, २ थान ढलौटको अम्खरा र अन्य भाँडा चोरी गरेर सिन्धुली खुर्कोट स्थित पर्सा वीरगन्ज महानगरपालिका वडा नं २२ मतियारी बस्ने श्यामबाबु सोनारलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । 

 

चोरीका सामान खरिद गर्ने श्यामबाबुलाई पनि यही २४ गते चोरीको सामान सहित पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो । 

 

घटनामा संलग्नहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रवक्ता रञ्जन गिरीले जानकारी दिएका हुन् ।

 

 

जिप्रकाले शुक्रवार उक्त जानकारी गराएको हो ।