नेपाली काँग्रेस रामेछापले जेठ ६ गते बेतालीमा स्वः कार्कीको शोक सभा गर्ने

| बैशाख ३१, २०८१ सोमबार

स्वः कार्की
A A A
A A A

३१ वैशाख, रामेछाप । नेपाली काँग्रेस रामेछापले स्वर्गीय पार्टीका नेता जगतबहादुर कार्कीको ४५ औँ दिनको पुण्यतिथिमा शोक सभा गर्ने भएको छ । 

 

काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव दीपक खड्काले आइतबार एक पत्र जारी गर्दै जिल्ला पार्टीका सबै तहका नेता कार्यकर्ताहरूको उपस्थिति रहने गरी शोक सभा गर्न लागेको जानकारी दिएका हुन् । 

 

आउँदो जेठ ६ गते आइतबार बिहान ११ बजे गोकुलगंगा गाउँपालिकाको वडा नं ४ बेताली स्थित भित्ताघरमा कार्यक्रम गर्न लागेको काँग्रेस सचिव खड्काले जानकारी दिएका हुन् । 

 

नेपाली काँग्रेस रामेछापको आयोजना, पार्टी गोकुलगंगा गाउँपालिका कार्यसमिति तथा वडा नं ४ वडा कार्यसमितिको समन्वय र नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति (क) को सह–आयोजनामा शोक सभा गर्न लागेको सचिव खड्काले जारी गरेको पत्रमा उल्लेख छ । 

 

कार्कीको गत चैत २३ गते उपचारको क्रममा काठमाडौँको एक अस्पतालमा निधन भएको थियो ।