सानेपामा मोटरसाइकल दुर्घटनामा परी रामेछाप मन्थलीका घिसिङको मृत्यु, अर्का एक घाइते

| जेठ १५, २०८१ मंगलबार

फाइल फोटो ।
A A A
A A A

१५ जेठ, रामेछाप । ललितपुरको सानेपामा आज बिहान मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना पर्दा चालक रामेछापका एक युवाको मृत्यु भएको छ । पछाडि बसेका अर्का युवा घाइते भएका छन् ।

 

बल्खुबाट धोबिघाटतर्फ जाँदै गरेको बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल मंगलबार बिहान ५ बजे अनियन्त्रित भई पल्टिँदा रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका २४ वर्षीय विजय घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

सो मोटरसाइकलको पछाडि सवार २६ वर्षीय सञ्जय घिसिङ घाइते छन् ।

 

 

उनको सानेपाको स्टार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।