रामेछापको मन्थली बजारमा हराएको सुन सिसिटिभीको सहायतामा यसरी भेट्टायो प्रहरीले

| जेठ १६, २०८१ बुधबार

A A A
A A A

१६ जेठ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले मन्थली बजारमा हराएको सुन लगायतका सामाग्री सिसिक्यामेराको सहायतामा खोजी गर्न सफल भएको छ । 

 

मगंलबार दिउँसो ४ ः ५० बजेको समयमा मन्थली बसपार्कबाट देवकोटा चोक तर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह ६७१ नं. को अटोमा सवार लिखु तामाकोशी गाउँपालिका–६ खिम्ती घर भई हाल मन्थली बसपार्क बस्दै आएकी सुनमाया बि.क.को सुनको गर–गहना हराएको थियो । 

 

लगत्तै प्रहरी कहाँ पुगेका सुनमायाँ र उनका श्रीमान् कमल बि.क.को गुनासो सुनेपछि सिसिटिभी फुटेजबाट नियालेर सुन फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

 

कति सुन हराएको र कहाँ, कसरी भेटिएको भन्ने बारेमा प्रहरीले खुलाउन चाहेन । भेटिएको सुन मंगलबारै जिप्रकाको कार्यालयबाटै सुनमायाँलाई हस्तान्तरण गरिएको रामेछाप प्रहरीले जनाएको हो ।