रामेछापको राकाथुममा कार दुर्घटना : बाबू छाेरासहित तीन जना

| जेठ २३, २०८१ बुधबार

A A A
A A A

२३ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा-१ राकाथुम स्थित माझी टाेलमा कार दुर्घटना हुँदा ३ वर्षीय नाबालकसहित तीन जना घाइते भएका छन् ।

 

घाइते हुनेमा कारमा सवार बाबुछाेरा सहित चालक काभ्रे पनौती नगरपालिका-५ बस्ने ३२ वर्षीय विनाेद श्रेष्ठ, साेही ठाउँका ३४ वर्षीय कुमार तामाङ र उनका ३ वर्षीय छाेरा सलिन रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हाे । 


घाइते चालक श्रेष्ठको शरीरको विभिन्न अंगमा चाेट लागेको र अवस्था मद्यम रहेकाे रामेछाप प्रहरीले जानकारी दिएको हाे । दुर्घटनामा परेका बाबुछाेराकाे अवस्था सामान्य रहेको लुँभुँघाट प्रहरीले बताएको हाे । 


बुधबार अपरान्ह ४ : ५५ बजे मध्य पहाडी लोकमार्ग भित्री सडक खण्डमा नेपालथोक तर्फबाट लुभुघाटतर्फ आउदै गरेको बा १८ च ६८५३ नम्बरकाे सुजुकी कार अचानक अनियन्त्रित भई दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) प्रदीपकुमार सिंहले जानकारी दिए । 

 

उनका अनुसार कार सडकबाट अन्दाजी ४० मिटर तल खसेकाे छ ।