रामेछापको गौरीशंकर बहुमुखी क्याम्पसलाई विश्व विद्यालय अनुदानबाट एक करोड बजेट छुट्टियो, २४ वर्षपछि नयाँ भवन बन्ने

| जेठ २६, २०८१ शनिबार

A A A
A A A

२६ जेठ, रामेछाप । जिल्लाको पुरानो सदरमुकाम स्थित गौरीशंकर बहुमुखी क्याम्पसको भवन निर्माणको लागि विश्व विद्यालय अनुदान आयोगबाट बजेट छुट्टिएको छ । भवन निर्माणको लागि आयोगबाट एक करोड रुपैयाँ अनुदान स्वीकृत भएको जानकारी आएको क्याम्पसले जानकारी दिएको हो । 

 

बजेट प्राप्त भयसँगै अब छुट्टा छुट्टै रहेका पुराना भवनहरू क्याम्पसको आफ्नै जग्गा रहेको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर स्थित टावर डाँडामा निर्माण हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्देश घिमिरेले रामेछाप टाइम्सलाई बताए । ‘हामीले बर्सौँ देखि गरेको प्रयास सफल भएको छ । अब प्रक्रिया अगाडि बढाउँछौँ ।’

 

बजेट छुट्टिने बित्तिकै बनिहाल्छ भन्न नमिल्ने भन्दै सुरुत् भने अवश्य हुने अध्यक्ष घिमिरेको भनाई छ ।

 

हाल रामेछाप नगरको वडा नं ८ रामेछाप डाँडामा रहेको यो क्याम्पसमा मानविकी (बिए) र शिक्षा संकाय (बिएड्) विषय अध्यायपन गराइँदै आइएको छ । 

 

 क्याम्पस स्थापना भएको २४ वर्ष पछि बजेट परेको गौरीशंकर क्याम्पसमा हाल दुवै सङ्कायमा गरी कूल १ सय ३७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।