रामेछापको मन्थलीमा लागूपदार्थ सेवन गरी सवारी चलाउने तीन चालक प्रहरीको नियन्त्रणमा

| जेठ २७, २०८१ आइतबार

तस्बिर स्रोत ट्राफिक रामेछाप फेस्बुक ।
A A A
A A A

२७ जेठ, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना चालकलाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले दुर्घटना राेकथाम गर्न विभिन्न उपाय सहित सचेतना मूलक कार्यक्रमहरु अगाडि सारेको हाे ।

 


आइतबार ४ : ३० देखी बेलुका ६ : ०० बजे सम्म मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा मन्थली अस्पतालको समन्वय तथा सहयोगमा गरिएको (ला.प.से) चेक जाँचकाे क्रममा माईक्रो चालक,जे.सि.वि चालक र ट्रक चालक ३ जनाले लागु पदार्थ सेवन गरी सवारी चलाएको भेटिएपछि नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

 

केही दिन यता यात्रुकाे सुरक्षाको लागि सवारी चालककाे स्वास्थ परीक्षणसहित चेकजाँचका कार्यक्रमलाई अगाडि बढाएको जिल्ला ट्राफिक प्रहरी रामेछापले हेल्चेक्याँई गरि सवारी चलाउनेलाई नियन्त्रणमा समेत  लिन थालेको हाे ।