रामेछापमा ९ महिनामा आगलागीसहितका विपद्मा परी ९८ घर परिवारले लिए ३० लाख राहत

| जेठ २९, २०८१ मंगलबार

A A A
A A A

२९ जेठ, रामेछाप । गत साउनदेखि वैशाख सम्म जिल्लामा विपद्को घटनामा परी जनधन गुमाएका झण्डै एक सय जनाले जिल्ला विपद् व्यवस्थापन समिति रामेछापबाट ३० लाख राहत बुझेका छन् । 

 

जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले मंगलबार रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार हावाहुरी, बाढी, पहिरो र आगोलागिका घटनासहित ९८ परिवारले प्राकृतिक विपत्तिमा पीडितहरूले ५ हजारदेखि २ लाख ५० हजार सम्म नगद रकम राहत स्वरूप पाएका हुन् । जसमा ८२ घरपरिवार आगोलागिबाट पीडित, जनधन गुमाएकाहरू मात्रै छन् । 

 

संघीय र प्रदेश सरकारबाट विपद्मा परेकाहरूलाई प्रदान गर्ने  तत्कालीन राहत स्वरूप तत्काल प्राप्त हुने यो रकम लिनको लागि चालु आर्थिक वर्षकै अझै २४ जनाले निवेदन पेस गरेका छन् । ‘त्यो प्रक्रियामा छ । उनीहरू सबैले पाउँछन् ।’

 

प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका प्रति जना २ लाख ५० तत्कालै दिने र धनको क्षति भएका परिवारलाई क्षतिको प्रकृति हेरी नगद ५ देखि हजार ३० हजार सम्म प्रदान गरिँदै आइएको छ ।