दोलखाको जिरीमा भारी वर्षा : जिरी र खिम्ती खोलामा आकस्मिक बाढी आउन उच्च जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

| भदौ १२, २०८१ बुधबार

A A A
A A A

१२ भदौ, रामेछाप । पछिल्लो १ घण्टामा दोलखाको जिरीमा भारी वर्षा भएपछि रामेछाप र दोलखामा सतर्कता अपनाउन मौसम पूर्व अनुमान महाशाखाले आग्रह गरेको छ । जिरीमा पछिल्लो एक घण्टामा ६८.८ मिलिमिटर वर्षा मापन गरिएको छ । 

 

दिउँसो ३ : ५० बजे एक विशेष बुलेटिन जारी गर्दै महाशाखाले १ घण्टा देखि भारी वर्षा भएकाले जिरी खोला र खिम्ती खोलामा आकस्मिक बाढीको जोखिम हुनसक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । 

 

अहिले दोलखाको जिरी आसपास भारी वर्षा भइरहेको पूर्व अनुमान शाखाले जनाएको हो । तर, रामेछापको मन्थलीमा चर्को घाम लागिरहेको छ । रामेछापको पनि माथिल्लो भेगमा वर्षा भइरहेको जनाइएको छ । 

 

 

भाद्र १२, दिउँसो ३:५० बजे
पछिल्लो १ घण्टामा दोलखाको जिरीमा भारी वर्षा मापन भएको छ। उक्त क्षेत्र भई बहने जिरी खोला तथा खिम्ती खोलामा आकस्मिक बाढीको जोखिम हुनसक्ने रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरुले उच्च सतर्कता अपनाऔँ।@NDRRMA_Nepal pic.twitter.com/yHcece2n7e

— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 28, 2024