असोजको भीषण वर्षाले क्षति पुगेका यी ११ वटा विद्यालयको विवरण मन्त्री खड्गीलाई बुझायो मन्थली नगरपालिकाले

१२ माघ, रामेछाप । मन्थली नगरपालिकाले गएको असोज १० देखि १२ गतेको भीषण बाढी पहिरोले ११ वटा विद्यालयमा क्षति पुर्याएको विवरण प्रदेश सरकारलाई बुझाएको छ । १४ वटा वडा नगरपालिकामा निजी, सरकारी गरी जम्मा ७७ वटा विद्यालय रहेका छन् ।
ती, मध्ये शारदा मावि मन्थली–११ र सेतीदेवी मावि मन्थली–४ का दुई माविसहित ९ वटा आधारभूत विद्यालयमा अविरल वर्षाको कारण आएको पहिरोले भवन जोखिममा परेको, वरपर पहिरो गएको, शौचालय जोखिममा परेको लगायतको क्षति भएको विवरण शुक्रवार नगरपालिकाको हलमा भएको जनप्रतिनिधिसँग प्रधानाध्यापक विषय अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख लव श्रेष्ठले उपप्रमुख ईश्वरी बस्नेत र प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटासहितको उपस्थितिमा प्रदेशको सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ) लाई विवरण बुझाएका हुन् ।
अविरल वर्षको कारण क्षति पुगेका ती संरचणको पुनर्निर्माण एवं व्यवस्थापन गर्न ध्यानाकर्षण गराउने उद्देश्यले नगरपालिकाले सो विवरण बुझाएको नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले बताए ।