रामेछापमा हार्ट ट्याकबाट एक कैदीको ज्यान मृत्यु
एआइको सहयोगमा तस्बिर ।
२० साउन, रामेछाप । रामेछापमा एक जना कैदीको हृदयाघात (हार्ट अट्याक) को कारण ज्यान गएको छ । उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मंगलबार राति ९ः ३० बजे एक्कासि बेहोस भएर ढलेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नं ३, घर भएका ५४ वर्षीय शुक्रबहादुर विश्वकर्माको ज्यान गएको हो । स्रोतका अनुसार ‘एक्कासि बेहोस भएर ढलेपछि उपचारको लागि जिल्ला अस्पताल रामेछापमा पुर्याइएको थियो।’
गम्भीर अवस्थामा अस्पताल पुर्याइएका उनको मध्यराति १२ः२४ बजे डाक्टरले जीवित नरहेको पुष्टि गरेका हुन् ।
उनी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए । मृतक विश्वकर्माको शव बुधवार बिहानै पोष्ट मार्टम पछि मृतकका छोरा नवीन बि.क.ले बुझी लगेको रामेछाप टाइम्सलाई जानकारी प्राप्त भएको हो । हाल जिल्ला कारागार रामेछापमा विभिन्न मुद्दाका आरोपीहरू कैद भुक्तान गरी रहेका छन् ।
