इलेक्ट्रिक गाडी दुर्घटनामा ज्यान गुमाएकी बुढाथोकीको परिवारलाई मन्थली बचतले दियो १ लाख

| मंसिर १९, २०८० मंगलबार

तस्बिर स्रोत मन्थली बचतको फेस्बुक ।
A A A
A A A

१९ मंसिर, रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाले दुर्घटनामा ज्यान गुमाएकी सदस्यको परिवारलाई ‘दुर्घटना बिमा बापतको’ रकम हस्तान्तरण गरेको छ । 

 

मङ्गलवार आज गत कात्तिक १ गते काठमाण्डौंबाट मन्थली आउने क्रममा इलेक्ट्रिक गाडी दुर्घटनामा ज्यान गुमाएकी ‘बाल सदस्य’ मन्थली नगरपालिका वडा नम्बर ११ गेलु निवासी रमिला बुढाथोकीकी आमालाई सहकारीका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले नगद १ लाखको चेक प्रदान गरेका हुन् । 

 

१७ हजार शेयर सदस्य रहेको मन्थली बचतले चालु आर्थिक वर्षदेखि विगतका वर्षमा ‘दुर्घटना बिमा बापत’ खातामा जम्मा गर्दै आएको रकम यो वर्षदेखि मृतकका परिवारलाई दिन थालेको अध्यक्ष घिमिरेले रामेछाप टाइम्सलाई बताए । ‘सुरमा खातामै जम्मा गर्ने गरेका थियौँ । तर, चालु आर्थिक वर्षमा दुर्घटनामा परि ज्यान गुमाउनेहरूको परिवारलाई प्रदान गर्न थालेका छौँ ।’

 

 

चालु आर्थिक वर्षको ५ महिनाको अवधि (मंसिर १९) सम्म मन्थली बचतले बुढाथोकीको परिवारसहित दुई जनालाई रकम भुक्तानी गरेको अध्यक्ष घिमिरेले जानकारी दिए । केही समय अगाडि दुर्घटनामै ज्यान गुमाएका सहकारीका पूर्व कर्मचारी समेत रहेका पदम तामाङको परिवारलाई पनि दिएको हो । 

 

 

उनका अनुसार आत्महत्या बाहेक काल गतिले ज्यान गुमाएका परिवारलाई समेत सहकारीले नगद २० हजार मृतकको परिवारलाई प्रदान गर्दै आएको छ । मन्थली बचत जिल्ला सदरमुकाम मन्थली सञ्चालित एक आर्थिक वर्षमा ५८ लाख बढी खुद नाफा गर्न सफल सहकारी हो । सहकारीले चालु आर्थिक वर्षमा ५ हजार नयाँ सदस्य थप्ने लक्ष्य सहित कार्य गर्दै आएको छ । 

 

गएको असोज २७ गते रजत वर्ष सहित साधारण सभामा एक अरब १४ करोड ८८ लाख १७ हजार ३४४ रुपैयाँ कूल सम्पत्ति रहेको थियो । भने, ९ करोड ५० लाख १९ हजार ९ सय रुपैयाँ शेयर पुँजी रहेको छ ।