रामेछापको बशेरी ‍भिरबाट लडेर बरुवालको ज्यान गयो

| माघ २१, २०८० आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२१ माघ, रामेछाप । रामेछापको बशेरी ‍भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

 

आइतबार अपरान्ह्व ४ : ४५ बजे लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती बस्ने ३६ वर्षीय पूर्णबहादुर बरुवालको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।

 

 

घरदेखि एक किलो मिटर दक्षिण तर्फ रहेको भिरबाट लड्दा बरुवाल अन्दाजी चार सय मिटर तल खसेका छन् ।

 

 

उनको मृत्यु बारे प्रहरी घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रवक्ता रञ्जन गिरीले जानकारी दिए