१६ गतेदेखि हराएका रामेछाप रामपुरका वृद्ध माझी सुनकाेशीमा मृत भटिए

| माघ २५, २०८० बिहिबार

सांकेतिक तस्बिर
A A A
A A A

२५ माघ, रामेछाप । रामेछापकाे रामेछाप नगरपालिका वडा नं ५ रामपुरका एक जना मृत भेटिएका छन् । 

 

 

मृत भेटिनेमा साेही ठाउँका  ६४ वर्षिय वृद्ध चन्द्रबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बिहीबार साँझ जानकारी दिएको छ । 

 

गएको १६ गते घरबाट निस्किएका माझीलाई बिहीबार अपरान्ह ४ बजेका समयमा खाेजतलास् गर्ने क्रममा सुनकाेशी नदी काेलाेञ्जाेर घाटमा पानीकाे दहमा डुबेका अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछाप प्रवक्ता एवं प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए  ।

 

 

मृत भेटिएको वृद्ध माझीको शव बारेमा जिल्ला प्रहरी कार्यालयबाट पुगकाे टाेलीले थप अनुसन्धान गरिरहेको प्रवक्ता गिरीले जानकारी दिए ।