भरुवा बन्दुकसहित रामेछापको बाम्तिभण्डारबाट तामाङ प्रहरी नियन्त्रणमा,अनुसन्धान जारी

| माघ २९, २०८० सोमबार

सांकेतिक तस्बिर
A A A
A A A

२९ माघ, रामेछाप । रामेछापको बाम्तिभण्डारबाट एक थान भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा साेलुखुम्बु घर भई लामाे समयदेखि उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डार बस्दै आएका ५८ वर्षीय शब्बा तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हाे । 

 

 

गत आतबार उनी बाम्तिमा बस्दै आएकाे घरमा लुकाई राखिएको भरुवा बन्दुक र फलामकाे बेरिङ जस्ताे देखिने दुई वटा छर्रा सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए ।

 


तामाङले घरमा बन्दुक लुकाई राखेको विशेष सूचनाको आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा बन्दुक फेला पारे पछि नियन्त्रणमा लिई जिल्ला अदालत रामेछापबाट ७ दिनकाे अनुमति सहित थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता गिरीले जानकारी दिए । 

 

 

उनलाई हातहतियार खरखजना सम्बन्धि मुद्दा दर्ता गरिएको हाे ।