वनभोज जाँदा अल्पायुमै ज्यान गुमाएका श्रेष्ठको अन्त्येष्टि (भिडिओ)

| फागुन ६, २०८० आइतबार

A A A
A A A

६ फागुन, रामेछाप । शनिवार वनभोज खाना जाँदा एक्कासि निधन भएका रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको अन्त्येष्टि गरिएको छ । 

 

 

सोही नगरपालिकाको वडा नं ७ निवासी श्रेष्ठको ४८ वर्षको अल्पायुमै निधन भएपछि आइतबार सोही वडामा पर्ने धनेघाटमा परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । शनिवार मद्यान्नमा वनभोज स्थलमा पुगेका श्रेष्ठले चिउरा खाँदा सर्किन पुगदाँ ज्यानै गुमाए । उनको निधनमा शोकमा डुबेको रामेछाप नगरपालिकाले आइतबार शोक बिदा दियो । 

 

 

जिल्ला अस्पताल रामेछापले मृत घोषणा गरेपछि आइतबार दिउँसो १ बजेतिर दाहसंस्कार गरिएको हो । 

 

 

सहयोगी र सामाजिक भावना बोकेका श्रेष्ठको अल्पायुमै भएको निधनले नगरपालिका सहित जिल्लाभरिका उनका शुभेच्छुक, शुभचिन्तकले दुःख व्यक्त गरिरहेका छन् ।